Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

राष्ट्रपतिद्वारा पाटन कृष्ण मन्दिर दर्शन 


सूचना कुण्ड
राष्ट्रपतिद्वारा पाटन कृष्ण मन्दिर दर्शन 

   
सूचनाकुण्ड समाचारदाता 
काठमाडौँ, २० भदौ ः राष्ट्रपति रामचन्द्र पौडेल श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा आज पाटन दरबारस्थित ऐतिहासिक कृष्ण मन्दिर जानुभई दर्शन एवं प्रसाद ग्रहण गर्नुभयो ।    
    
 सो अवसरमा उहाँलाई ललितपुर क्षेत्र नं १ र २ का सांसदद्वय उदयशम्शेर राणा र प्रेमबहादुर महर्जन, बागमती प्रदेशका उद्योगमन्त्री रामकृष्ण चित्रकार, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलगायत जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, निजामती कर्मचारी र स्थानीयवासी एवं भक्तजनले स्वागत गर्नुभएको थियो ।    
    
 राष्ट्रपति पौडेलले सोही अवसरमा पाटन दरबार क्षेत्रका सांस्कृतिक सम्पदा अभिरुचिपूर्वक अवलोकन गर्नुभयो । उहाँलाई महानगर प्रमुख महर्जनले सम्पदास्थलका बारेमा जानकारी गराउनुभएको थियो । विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा भ्रमणका लागि स्वदेशीका साथै विदेशी पर्यटकको पनि दैनिक भीड लाग्ने गर्छ ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend