Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

एक दिवसीयमा कुशलको एक हजार रन पूरा 


सूचना कुण्ड
एक दिवसीयमा कुशलको एक हजार रन पूरा 

सूचनाकुण्ड समाचारदाता
काठमाडौँ, भदौ १८: नेपाली ब्याटर कुशल भुर्तेलले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा एक हजार रन पूरा गरेका छन् । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भइरहेको भारतविरुद्धको खेलमा उनले एक दिवसीय खेलमा एक हजार रन पूरा गरेका हुन् ।    
    
 एक दिवसीय क्रिकेटमा भुर्तेल एक हजार रन बनाउने तेस्रो नेपाली खेलाडी बनेका छन् । भुर्तेलले ४६औं खेलमा एक हजार रन पूरा गरेका हुन् ।    
    
 श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ पाएको राम्रो सुरुआत गरेको छ । अहिले ओपनर आसिफ शेख र कुशल भुर्तेल क्रिजमा छन् । यसअघि नेपालका कप्तान रोहितकुमार पौडेल र ओपनर आसिफ शेखले एक हजार रन पूरा गरिसकेका छन् ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend