Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

एसिया कप क्रिकेट : नेपालले टस हार्‍यो, पहिले ब्याटिङ गर्ने


सूचना कुण्ड
एसिया कप क्रिकेट : नेपालले टस हार्‍यो, पहिले ब्याटिङ गर्ने

   
सूचनाकुण्ड समाचारदाता
काठमाडौँ, भदौ१८ : एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले टस हारेको छ । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा भरखरै भएको टसमा भारतीय कप्तान रोहित शर्माले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका छन् । यससँगै नेपालले अब पहिला ब्याटिङ गर्नेछ ।    
    
 नेपालले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा छिमेकी टोली भारतसँग खेल्न २७ वर्ष कुनुप¥यो । सन् १९९६ देखि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गरेको नेपालले पहिलो पटक भारतसँग खेल्ने मौका पाएको हो । एसिया कपमा पहिलोपटक सहभागिता जनाएको नेपालले भारतलाई पराजित गर्दै सुपर फोरमा पुग्न चाहे पनि विश्व क्रिकेटको पावर हाउस भारतलाई पराजित गर्न नेपाललाई सहज भने हुनेछैन ।    
    
 एसिया कपको यस खेलले समूह ‘ए’ को सुपर फोरमा पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्नेछ । समूह ‘ए’ बाट पाकिस्तान यसअघि नै सुपर फोरमा पुगिसकेको छ । समूह ‘ए’ मा पाकिस्तान शीर्ष स्थानमा छ । त्यस्तै भारत दोस्रो स्थानमा रहँदा नेपाल तेस्रो स्थानमा छ ।    
    
 पाकिस्तान दुई खेलमा १ मा जित र १ मा अङ्क बाँड्दै ३ अङ्कका साथ सुपर फोरमा पुगिसकेको हो । भारतको एक खेलमा एक अङ्क छ । एक खेल खेलेको नेपाल अङ्कविहीन छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग दुई सय ३८ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।    
    
 नेपालको प्लेइङ ११ मा कप्तान रोहित पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी भीम सार्की, दीपेन्द्रसिंह ऐरी, करण केसी, सन्दिप लामिछाने र ललितनारायण राजवंशी छन् ।    
    
 त्यस्तै भारतको प्लेइङ ११ मा कप्तान रोहित शर्मासहित शुभमन गिल, विराट कोहली, श्रेयस ऐर, ईशान किशन, रवीन्द्र जडेजा, शार्दुल ठाकुर, हार्दिक पान्ड्या, मोहम्मद शामी, मोहम्मद शिराज र कुलदीप यादव छन् ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend