Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

गोविन्द वियोगी पत्रकारिता पुरस्कार पत्रकारद्वय चालिसे र पौडेललाई 


सूचना कुण्ड
गोविन्द वियोगी पत्रकारिता पुरस्कार पत्रकारद्वय चालिसे र पौडेललाई 


काठमाडौँ,  पुस २४ ः विसं २०७९ को ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार पत्रकार नवराज चालिसे र ‘गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार’ माधव पौडेललाई अर्पण गरिने भएको  छ । न्यूज २४ का  कार्यक्रम संयोजकका रुपमा चालिसे कार्यरत हुनुहुन्छ भने पौडेल नेपाल फेसको सम्पादक हुनुहुन्छ । 


सम्पादक समाज नेपालका संस्थापक अध्यक्ष गोविन्द वियोगीका स्मृतिमा समाजद्वारा स्थापना गरिएका ती पुरस्कारको राशी क्रमश रु पच्चीस हजार एक र रु पन्ध्रहजार एक  रहेका छन् ।


समाजको यही पुस २२ गते  बसेको कार्यसमितिको बैठकले वरिष्ठ पत्रकार निर शाह,  खिलध्वज थापा, बुँद राना र विमला तुम्खेवालाई ‘सम्पादक समाज सम्मान २०७९’ द्वारा सम्मानित गर्ने निर्णय गरिएको समाजको महासचिव श्याम डोटेलद्वारा आज यहाँ जारी विज्ञप्तिमा जनाइएको छ ।


समाजका सस्थापक अध्यक्ष वियोगीको स्मृति दिवसका अवसरमा  ती पुरस्कार र सम्मान समाजको  नुवाकोट शिवपुरी—७, गोविन्द वियागी मार्ग, सूर्यचौर स्थित आफ्नै भवनमा आगामी  माघ ७ गते शनिबार प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ । ....


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend