Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

भारतीय अभिनेत्री दिव्या दत्ता नेपालमा 


सूचना कुण्ड
भारतीय अभिनेत्री दिव्या दत्ता नेपालमा 

सूचनाकुण्ड समाचारदाता 
काठमाडौँ, भदौ१४ : त्रिदिवसीय साहित्य महोत्सव ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ मा सहभागी हुन भारतीय अभिनेत्री दिव्या दत्ता नेपाल आउनुभएको छ । उहाँ मुम्बई इन्डिगोको विमानमार्फत आज २ः२० बजे नेपाल अवतरण गर्नुभएको हो ।    
    
उहाँ महोत्सवअन्तर्गतका विभिन्न छलफल तथा गोष्ठी (सेसन)मा सहभागी हुनुहुने आयोजक समितिका सदस्य तथा नाट्यकर्मी राज शाहले जानकारी दिनुभयो । “अभिनेत्री दत्ताले साहित्यसँगै चलचित्रको विषयमा हुने छलफलमा सहभागिता जनाउनु हुनेछ”, उहाँले भन्नुभयो, “उहाँ भदौ १८ मा भारत फर्किने तालिका रहेको छ ।”    
    
अभिनेत्री दत्तासँगै अभिनेत्री मनिषा कोइरालासँग एउटै मञ्चमा ‘दक्षिण एसियाली सिनेमाका चुनौती र सम्भाव्यता’बारे अन्तक्र्रिया गर्नुहुने कार्यतालिका रहेको शाहले बताउनुभयो । भदौ १५ गते (शुक्रबार) देखि सुरु हुने साहित्य महोत्सवमा नेपालसहित भारत, भुटान, बङ्गलादेश र श्रीलङ्काका लेखक तथा कलाकार भेला हुँदैछन् । यस अन्तर्राष्ट्रिय महोत्सव यशस्वी प्रज्ञा प्रतिष्ठान, नेपाल र कलिङ लिटरेरी फेस्टिभल (केएलएफ) भारतको संयुक्त आयोजनामा हुँदैछ ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend