Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

अवरुद्ध जोमसोम–मुक्तिनाथ सडक सञ्चालन   


सूचना कुण्ड
अवरुद्ध जोमसोम–मुक्तिनाथ सडक सञ्चालन   


सूचनाकुण्ड समाचारदाता 

बागलुङ, भदौ ७ : बुधबार साँझदेखि अवरुद्ध बनेको जोमसोम–मुक्तिनाथ सडक सञ्चालनमा आएको छ । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका र घरपझोङ गाउँपालिकाको सिमानामा पर्ने पान्डाखोलामा लेदोसहित आएको बाढीले सडक बगाउँदा बुधबार साँझदेखि अवरुद्ध बनेको थियो ।    
    
दुई पालिकाको सिमाना पान्डाखोला नजिक पूर्वतर्फको लुप्रा पान्डाखोलाको बाढीले धार परिवर्तन गरी दक्षिणतर्फको मुख्य राजमार्गअन्तर्गत सडकमा सोझिँदा सडक अवरुद्ध बनेको थियो । बाढीले करिब २० मिटर सडक कटान गरेर क्षति पुर्‍याएको थियो । आज बिहानदेखिको प्रयासपछि पहिरो पन्छाएर सडक सञ्चालन गरिएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमबहादुर थापामगरले जानकारी दिनुभयो ।    
    
बर्खायामको मौसममा लुप्रा पान्डखोलामा बर्सेनि बाढीले अनियन्त्रित हुँदा समस्या हुने गरेको उहाँको भनाइ थियो । भौगोलिकरूपले निकै अप्ठ्यारो हुँदा बेलाबेला समस्या आइरहने थापामगरले बताउनुभयो । सडक अवरुद्ध हुँदा मुक्तिनाथबाट फर्किने र जोमसोमबाट मुस्ताङ जाने पर्यटक सडकमा अलपत्र परेका थिए ।    
    
त्यस्तै बाढीका कारण अवरुद्ध राष्ट्रिय गौरव आयोजान कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडक पनि पाँच दिनपछि सञ्चालनमा आएको छ । उक्त सडक खण्ड शुक्रबारदेखि अवरुद्ध बनेको थियो । यसअघि अबिरल वर्षासँगै बेनी–जोमसोम राष्ट्रिय राजमार्गअन्तर्गत म्याग्दी खण्डमा चार दर्जन बाढी स्थानमा पहिरो र नदी कटानले सडक अवरुद्ध हुँदै आइरहेको छ ।    
     
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको खाम भित्तामा सडक बेसनै पहिराले भाँसिएको थियो । अन्य स्थानका विभिन्न ठाउँमा पहिरो खसेपछि म्याग्दी हुँदै मुस्ताङ जाने सवारीसाधन गन्तव्यमा पुग्न सकेका छैनन् ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend