Logo
  • २०८३, असोज २८गते
  • Oct 14 2026
images

भोलिसम्ममा मार्ग प्रशस्त गर्न प्रधानमन्त्री 'प्रचण्ड' लाई एमालेको आग्रह


सूचना कुण्ड
भोलिसम्ममा मार्ग प्रशस्त गर्न प्रधानमन्त्री 'प्रचण्ड' लाई एमालेको आग्रह

काठमाडौँ, असार १८ : नेकपा (एमाले)ले सरकार निर्माणका लागि भोलिसम्ममा मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई आह्वान गर्ने भएको छ।

मंगलबार बसेको सचिवालय बैठकले एमाले र नेपाली कांग्रेसका बीचमा भएको सहमति अनुरूप अब संविधानको धारा ७६ (२) को सरकार निर्माणका लागि भोलिसम्ममा मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आह्वान गर्ने निर्णय गरेको सचिव योगेश भट्टराईले जानकारी दिए। यस्तै एमाले र नेपाली कांग्रेसको सहमति अनुरूप एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने राष्ट्रिय सहमतिको सरकारमा सहभागी भई राजनीति स्थायित्वमा योगदान गर्न संसदमा रहेका सबै दलहरूलाई आह्वान गर्ने समेत बैठकले निर्णय गरेको छ।

सोमबार मध्यरातमा नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता गठबन्धन गर्ने र एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति भएको थियो। यस्तै एमाले र नेपाली कांग्रेसको सहमति अनुरूप एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने राष्ट्रिय सहमतिको सरकारमा सहभागी भई राजनीति स्थायित्वमा योगदान गर्न संसदमा रहेका सबै दलहरूलाई आह्वान गर्ने समेत बैठकले निर्णय गरेको छ।

सोमबार मध्यरातमा नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता गठबन्धन गर्ने र एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति भएको थियो। यस्तै, मंगलबार बिहान बसेको पदाधिकारी बैठकमा भने प्रधानमन्त्री 'प्रचण्ड' ले तत्काल पदबाट राजीनामा नदिने बताएका थिए। प्रधानमन्त्रीले राजीनामा नदिने र विश्वास मतको सामना गर्ने निष्कर्ष बैठकले निकालेको थियो।


---  

 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend