Logo
  • २०८३, असोज २८गते
  • Oct 14 2026
images

चन्द्रागिरि नगरबासीहरुको लागि रगत नि ःशुल्क


सूचना कुण्ड
चन्द्रागिरि नगरबासीहरुको लागि रगत नि ःशुल्क


सूचनाकुण्ड समाचारदाता
काठमाडौँ, पुस २१ ः  चन्द्रागिरि  नगर प्रमुख घनश्याम गिरीको अध्यक्षतामा चन्द्रागिरि नगरपालिका र नेपाल रेडक्रस सोसाईटी केन्द्रिय कार्यालयका बीच निः शुल्क रगतका बारेमा  सम्झौता पत्र हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ । 

 चन्द्रागिरि नगरपालिकाको सभाकक्षमा सम्पन्न १२ बुदेँ  सम्झौता पत्र हस्ताक्षर पश्चात् आगामी  २०७९ माघ १ गते  देखि कार्यान्वयन हुने गरि आवश्यकता परेको अवस्थामा चन्द्रागिरि नगरपालिकाका स्थायी बासिन्दाहरुको लागि नेपाल रेडक्रसले नि ः शुल्क रगत उपलब्ध गराउनेछ । 
उक्त कार्यक्रममा नगर उपप्रमुख , प्रमुख प्रशासकीय अधिकृत जीवन आचार्य, प्रशासन प्रमुख, सामाजिक विकास शाखा प्रमुख , स्वास्थ्य शाखा प्रमुखका साथै नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालयका कार्यकारी निर्देशक  उमेश ढकाल, केन्द्रीय रक्त सञ्चार सेवा निर्देशक दिब्यराज पौडेल सहितका पदाधिकारीज्युहरुको उपस्थित रहेको थियो । 
कार्यक्रममा बोल्दै  नगर प्रमुख गिरीले नगर अस्पतालमा निः शुल्क डायलासिस सेवाको आरम्भ गर्ने गृहकार्य चलिरहेको कुरा समेत जानकारी गराउनुभयो । नगरबासीलाई आवश्यक पर्दा सरल, सहज र निशुल्क रगत उपलब्ध गराउन यस सम्झौताले सहजीकरण गर्ने कुरा पनि उहाँले बताउनुभयो ।
सोही अवसरमा नेपाल रेडक्रसका कार्यकारी निर्देशक ढकाल र केन्द्रीय रक्त सञ्चार सेवा निर्देशक  पौडेलले रगतको अभावका कसैको पनि ज्यान नजाओस भन्नका लागि सबैले मिलेर काम गर्नुपर्छ भन्नुभयो ।   
यसै सम्झौता अन्तर्गत नेपाल रेडक्रससँगको सहकार्यमा नगरभरि कुनै पनि संघ, संस्था र निकायले रक्तदान कार्यक्रम गर्दा प्रति रक्तदाता रकम रु.२०० उपलब्ध हुनेछ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend