Logo
  • २०८३, असोज २८गते
  • Oct 14 2026
images

हिउँदमा बस्दैनन् जुम्लाका कार्यालय प्रमुख  


सूचना कुण्ड
हिउँदमा बस्दैनन् जुम्लाका कार्यालय प्रमुख  

      
सूचनाकुण्ड समाचारदाता
जुम्ला, पुस  १९ 
हिउँदयाम सुरु भएसँगै जुम्लाका अधिकांश सरकारी कार्यालयका प्रमुख जिल्ला बाहिर रहेको पाइएको छ । सांसद् विनिता कठायतको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीसहितको टोलीले जिल्लाका सरकारी कार्यालयमा गरेको छड्केमा जनस्वास्थ्य सेवा कार्यालय, सघन सहरी तथा भवन निर्माण आयोजना, कृषि विकास कार्यालय, पूर्वाधार विकास कार्यालय, सडक डिभिजन कार्यालय र नेपाल टेकिलम शाखा कार्यालयका प्रमुख नभेटिएको सांसद् कठायतले जानकारी दिनुभयो ।    
    
“अनुगमनका क्रममा कृषि विकास कार्यालय जुम्लाका प्रमुख बाहेक अन्य सरकारी कार्यालय प्रमुखविहीन थिए’’ उहाँले भन्नुभयो,“नागरिकसँग प्रत्यक्ष जोडिएका कार्यालयमा प्रमुख नहँुदा सेवा प्रवाहमा समस्या भएको छ । सरकारी कार्यालयका कर्मचारीले जिल्ला बाहिर कार्यालयको कामको सिलसिला वा घर बिदामा जाँदा जिल्ला प्रशासन कार्यालयको अनुमति लिनुपर्ने व्यवस्था छ ।”    
सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन प्रत्येक कार्यालयका सूचना अधिकारीको फोन नम्बर सङ्कलन गरिने भएको छ । हिउँदे समयमा कार्यालयमा नबस्ने कार्यालय प्रमुखलाई कारबाही गरिने प्रमुख जिल्ला अधिकारी केशरीले जानकारी दिनुभयो ।    
    
सहरी तथा भवन निर्माण आयोजनाका सव–इञ्जिनीयर चन्द्रबहादुर खड्काले कार्यालयको कामको शिलशिलामा कार्यालयप्रमुख काठमाडौँ जानुभएको बताउनुभयो । जुम्लालगायत कर्णालीका जिल्लाकार्यालयसमेत हेर्नुपर्ने भएकोले सबै जिल्लाको काम विषेशले कार्यालय प्रमुख बाहिर जानुभएको उहाँको भनाइ थियो ।     
जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख कृष्ण सापकोटाले आफू कार्यालयमै रहँदा जिल्लाका स्थानीय तहमा तालिम र अनुगमन गर्न जाँदा हाजिर गर्न छुटेको जानकारी दिनुभयो ।    
    
नवनिर्वाचित सांसद कठायतको नेतृत्वमा रहेको टोलीले आइतबार छ वटा कार्यालयमा अनुगमन गरेकोे थियो । जिल्लाका ५६ सरकारी कार्यालय छन् । जाडो महिनामा सरकारी कार्यालयका प्रमुख जिल्लामा नबस्ने जनगुनासो बढेको थियोे ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend