Logo
  • २०८३, असोज २८गते
  • Oct 14 2026
images

इजरायल पठाइदिने भन्दै रकम ठगी गरेको पाइएपछि कांग्रेस नेतृ विनिता खड्का पक्राउ


सूचना कुण्ड
इजरायल पठाइदिने भन्दै रकम ठगी गरेको पाइएपछि  कांग्रेस नेतृ  विनिता खड्का पक्राउ

काठमाडौँ, असोज २४ :  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबीले)  नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्कालाई पक्राउ गरेको छ ।

खडकाले  इजरायल पठाइदिने भन्दै रकम ठगी गरेको पाइएपछि शुक्रबार महाधिवेशनस्थल खुल्लामञ्चबाटै पक्राउ गरिएको हो ।
इजरायल पठाइदिने भन्दै रकम ठगी गरेको प्रकरणमा खड्काको संलग्नता देखिएपछि पक्राउ गरी अनुसन्धान अघि बढाइएको सिआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर जबराले जानकारी दिनुभयो ।

कांग्रेसको खुला महिलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुभएको खड्का महाधिवेशन प्रतिनिधिसँग मत मागिरहेका बेला पक्राउ परेको जनाइएको छ  ।

प्रहरीका अनुसार वैदेशिक रोजगारीका लागि इजरायल पठाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा यसअघि पक्राउ परेका रामेछापका भरत चौलागाईंमार्फत खड्काको नामसमेत अनुसन्धानमा जोडिएको थियो । सोही प्रकरणमा थप अनुसन्धान गर्ने क्रममा खड्कालाई पक्राउ गरिएको हो ।

यसअघि सिआईबीले दोलखाकी ३२ वर्षीया बालिका सिवाकोटी र रामेछापका ५१ वर्षीय चौलागाईंलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। पक्राउ परेकाहरूमाथि इजरायल पठाइदिने भन्दै दुई करोड ५० लाख रुपियाँ ठगी गरेको आरोप छ । उक्त प्रकरणमा खड्काको संलग्नता र भूमिकाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको  छ ।

खड्का कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा चयन हुनुभएको थियो । उहाँ हाल १५औँ महाधिवेशनमा रामेछापबाट महाधिवेशन प्रतिनिधि निर्वाचित हुँदै केन्द्रीय सदस्य पदमा उम्मेदवार बन्नुभएको हो ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend