Logo
  • २०८३, असोज २८गते
  • Oct 14 2026
images

कृष्णभीरमा असोज १ गतेदेखि यातायात पूर्ण रूपमा सञ्चालनमा आउने


सूचना कुण्ड
कृष्णभीरमा असोज १ गतेदेखि यातायात पूर्ण रूपमा सञ्चालनमा आउने

चितवन भदौ २९ : पृथ्वी राजमार्गको नौविसे–मुग्लिन खण्डमा पर्ने धादिङको कृष्णभीरमा असोज १ गतेदेखि यातायात पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ । 

आइतबार परीक्षणका रूपमा यातायात सञ्चालन गरिएको यो राजमार्ग सर्वसाधरणका लागि असोज १ गतेबाट खुला गरिने सडक विभागले जनाएको छ ।

त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण कृष्णभिर क्षेत्रमा करिब एक सय मिटर सडक कटान गरेपछि सो राजमार्ग भदौ १४ गते देखि अवरूद्ध छ ।

सडक विभागले आवश्यक स्रोत, साधन, जनशक्ति तथा उपकरण परिचालन गरी नयाँ ट्र्याक निर्माण गरी सडक पुनःस्थापनाको काम अघि बढाएकाले राजमार्ग सञ्चालनको अवस्थामा पुगेको हो । 

सडक विभागले आइतबार राति विज्ञप्ति जारी गर्दै  निर्माणाधीन ट्र्याकको अवस्था र  सवारी आवागमनको सम्भाव्यता परीक्षण गरिएकाले असोज १ गतेबाट सञ्चालनमा ल्याइने उल्लेख छ । 

उक्त राजमार्ग आइतबार परीक्षण गरिएको थियो । सोमबार (आज) परीक्षणलाई पनि निरन्तरता दिदैँ ग्यासको बुलेट लगाएतका अत्यावश्यक सवारी साधनहरूलाई सञ्चालन गर्न दिइने पृथ्वी राजमार्ग अन्तर्गत नौविसे–मुग्लिन आयोजना पश्चिमकी कार्यलय प्रमुख सिनियर डिभिजन ईन्जिनियर सजना अधिकारीले जानकारी दिनुभयो । 

आइतबार काठमाडौं–चितवनतर्फ आउजाउ गर्नेगरी यात्रुसहितका सवारी साधन सञ्चालन गरेर परीक्षण गरिएको थियो । परीक्षणबाट सडकमा सवारी सञ्चालन गर्न सकिने अवस्था देखिएपछि पूर्ण रूपमा यातायात सञ्चालन गर्ने तयारी गरिएको विभागले जनाएको छ।

अहिले सडकको अवस्था, सवारी आवागमनको सम्भाव्यता तथा सुरक्षाका विषयमा आवश्यक परीक्षण र अन्य काम भइरहेको समेत विज्ञप्तिमा जनाइएको छ।

सडक विभागले निर्माण तथा पुनःस्थापनाको कामका क्रममा जारी गरिएका सूचना र वैकल्पिक मार्गसम्बन्धी निर्देशन पालना गर्न तथा आवश्यक सहयोग गरिदिन सम्बन्धित सबै निकाय र सरोकारवालालाई पनि विज्ञप्तिमा आग्रह गरिएको छ।

उक्त राजमार्गसगैको भिर डाइभर्सन गरी दुई सय ५२ मिटर लम्बाइ र १० मिटर चौडाई कटान पछि राजमार्ग सञ्चालनको आधार बनेको हो । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend