Logo
  • २०८३, असोज २८गते
  • Oct 14 2026
images

भोटेकोशी र त्रिशूली नदीको बहाव सतर्कता तहभन्दा तल रहेता पनि उच्च सतर्कता अपनाउन आग्रह


सूचना कुण्ड
भोटेकोशी र त्रिशूली नदीको बहाव सतर्कता तहभन्दा तल रहेता पनि उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं, भदौ २० : देशका केही जिल्लामा आज पनि आकस्मिक बाढीको जोखिमको पूर्वानुमान छ । वर्षासँगै कतिपय सानाठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

रसुवा र नुवाकोट भई बहने भोटेकोशी, त्रिशूली तथा स–साना नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । यी दुई जिल्लामा आकस्मिक बाढीको उच्च सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सूचनामा भनिएको छ “मिति २०८३ भाद्र १० गते भोटेकोसी (रसुवा)मा आएको बाढीपश्चात् हाल भोटेकोसी र त्रिशूली नदीको बहाव सतर्कता तहभन्दा तल रहेता पनि उच्च सतर्कता अपनाउनुपर्ने देखिन्छ।” 

यस दिन ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, खोटाङ, इलाम, धनकुटा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, सिन्धुपाल्चोक, धादिङ, मकवानपुर, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), गोरखा, पाल्पा, तनहुँ, लमजुङ, कास्की,  स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, सुर्खेत, दैलेख, अछाम, कालीकोट, जुम्ला, मुगु, हुम्ला, बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, डडेलधुरा, कञ्चनपुर र आसपासका जिल्ला भई बहने स–साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सप्तकोसी, तमोर, अरूण, दूधकोसी, तामाकोसी, सुनकोसी, पश्चिम सेती, महाकालीलगायत केही ठूला नदीमा पनि बहाव उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ ।

सूचनामा भनिएको छ “आज बिहानको मापनानुसार कोसी, नारायणी, वाग्मती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल रहेको छ। ” 

धेरै पानी पाल्पाको अर्चमा

देशका केही स्थानमा शनिबार बिहान वर्षा भएको छ । भारीसम्म वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस दिन बिहान ६ः२५ बजे गरिएको पछिल्लो ६ घण्टाको मापनमा सबैभन्दा धेरै पानी पाल्पाको अर्चले मौसम मापन केन्द्रमा ७०.६ मिलिमिटर परेको छ । यो भारी वर्षा हो ।

“पछिल्लो ६ घण्टामा पाल्पाको अर्चले मौसम मापन केन्द्रमा ७०.६ मिमि पानी परेको छ,” सूचनामा भनिएको छ  ।

यो अवधिमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भएको छ । कोसी, वाग्मती र मधेस प्रदेशका एक–दुई स्थानमा पनि पानी परेको महाशाखाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend