Logo
  • २०८३, असोज २८गते
  • Oct 14 2026
images

मुख्यमन्त्री थापाद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण: ७ सदस्यीय मन्त्रीपरिषद् गठन


सूचना कुण्ड
मुख्यमन्त्री थापाद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण: ७ सदस्यीय मन्त्रीपरिषद् गठन

हेटौँडा, भदौ ४ :  बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । हेटौँडास्थित प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित समारोहमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री थापालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । 

उहाँ नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त हुनुभएको हो । नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा मुख्यमन्त्री बन्नुभएका थापालाई ६३ प्रदेशसभा सदस्यको समर्थन रहेको छ । उहाँलाई एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ प्रदेशसभा सदस्यले समर्थन गर्नुभएको हो ।

 एमालेका भरत केसी (भौतिक तथा पूर्वाधार मन्त्रालय) , ज्ञानबहादुर तामाङ  (बिनाविभागीय मन्त्री ) , नेकपाका सरल सहयात्री पौडेल  (आर्थिक मामिला तथा योजनामन्त्री) , राप्रपाका राजु विष्ट (खानेपानी), गिरबहादुर तामाङ  (स्वास्थ्य तथा सामाजिक विकासमन्त्री) र राजेन्द्र प्रजापति (उद्योग, पर्यटन, श्रम तथा रोजगार मन्त्रालय)को जिम्मेवारी दिइएको छ । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend