Logo
  • २०८३, असोज २८गते
  • Oct 14 2026
images

स्याउरेथलीमा बोलेरो गाडी दुर्घटना दुईको घटनास्थलमा मृत्यु , चार जना घाइते


सूचना कुण्ड
स्याउरेथलीमा बोलेरो गाडी दुर्घटना दुईको घटनास्थलमा मृत्यु , चार जना घाइते

काभ्रेपलाञ्चोक, भदौ १ :  काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिका –१ स्याउरेथलीमा बोलेरो गाडी दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा मृत्यु भएको छ । चार जना घाइते भएका छन् । 

खानीखोलाको जगथलीबाट बनेपातर्फ आउँदै गरेको बा २१ च २४२ नम्बरको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो। खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङका अनुसार दुर्घटनामा मृत्यु हुनेमा खानीखोला गाउँपालिका –४ का कलकबहादुर माझी र खानीखोला गाउँपालिका –२ सार्कीडाँडाकी अनिता मोक्तान रहेको बताउनुभयो । 

उहाँले दुर्घटनामा चार जना घाइते भएको र उहाँहरुको हेलिकप्टरमार्फत उद्धारको प्रयास भए पनि मौसम खराबीको कारण हेलिकप्टर ल्याण्ड हुने अवस्था नरहेपछि घाइतेहरुलाई स्थलमार्गमार्फत जिल्लामा ल्याइरहेको बताउनुभयो । उहाँले दुर्घटनामा खानीखोला –५ का बहुतमान रुम्बा, वडा नम्बर–३ का प्रदिप जर्घामगर, सिन्धुपाल्चोकका धनपति रावल र बनेपा साँगाका राहुल तामाङ गम्भीर घाइते भएको बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रबिन बिष्टले सोमबार बिहान साढे ११ बजे बोलेरो गाडीको ब्रेक फेल भइ सडकबाट अन्दाजी दुईसय मिटर तल खसेको बताउनुभयो । उहाँले घाइतेको उद्धार गरी उपचारका लागि धुलिखेलतर्फ ल्याइएको बताउनुभयो।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend