Logo
  • २०८३, असोज २८गते
  • Oct 14 2026
images

रोल्पाको थबाङ कोटलबारामा पहिराले घर र गोठ पुर्दा पाँच जनाको मृत्यु, आठ बेपत्ता


सूचना कुण्ड
रोल्पाको थबाङ  कोटलबारामा पहिराले घर र गोठ पुर्दा पाँच जनाको मृत्यु, आठ बेपत्ता

रोल्पा, साउन २८ : रोल्पाको थबाङमा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुर्दा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। दुर्घटनामा परि दुई जना घाइते भएका छन् भने बेपत्ता भएका आठ जनाको पहिचान खुलेको छ।

जिल्लाको थबाङ गाउँपालिका-५, कोटलबारामा पहिराले घर र गोठ पुर्दा स्थानीय १८ वर्षीया शान्ती पुन मगर, ६० वर्षीय कमल बहादुर पुन मगर, ८० वर्षीया मनखना पुन मगर, ७५ वर्षीय दलबहादुर पुन मगर र ८५ वर्षीया हस्तकला रोका मगरको मृत्यु भएको छ।

पहिरामा परी स्थानीय २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर घाइते हुनुभएको छ। घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

यसैगरी, पहिरामा परी आठ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेहरूमा ४० वर्षीया जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय डल बहादुर पुन मगर, ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बल बहादुर पुन मगर, ७२ वर्षीय लिल बहादुर पुन मगर र ७१ वर्षीया मनि पुन मगर रहनुभएको छ। पहिरोले ९ घर, १ घुम्ती पसल, २ गोठ र १  चर्च पुरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी कृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

घटनास्थलमा स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको टोलीले बेपत्ताहरूको तीव्र रूपमा खोजी कार्य जारी राखेको छ। 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend