Logo
  • २०८३, असोज २८गते
  • Oct 14 2026
images

सडकबत्ती जडान सुरु


सूचना कुण्ड
सडकबत्ती जडान सुरु

सूचनाकुण्ड समाचारदाता

काठमाडौँ, मङ्सिर २१:  चन्द्रागिरि नगरपालिकामा सडकबत्ती जडान सुरु गरिएको छ । ‘उज्यालो चन्द्रागिरि’ अभियानअन्तर्गत चन्द्रागिरिभित्र पाँच हजार सडकबत्ती जडान गर्न लागिएको हो ।    
    
चालु आवमा विनियोजित बजेटबाट नगरपालिकाभरमा ती सडकबत्ती जडान थालिएको हो ।    
    
नगरपालिकाले गत आवमा मुख्य राजमार्ग कलङ्की–नागढुङ्गा–पिपलामोड सडकखण्डमा सडकबत्ती जडान गरेको थियो । नगरपालिकाले बत्ती जडानको आवश्यकता रहेको क्षेत्रको पहिचान गरी नगरपालिकामा निवेदन दिनसमेत नगरवासीलाई आह्वान गरेको छ ।    
    
सो नगरपालिकाले सडकबत्तीसँगै प्रत्येक वडाका विभिन्न सार्वजनिकस्थलमा सिसीटिभी तथा निःशुल्क वाइफाइ जडान पनि चाँडो सुरु गरिने जनाएको छ । नगरपालिकाले यसका लागि सम्पूर्ण खरिद प्रक्रिया सकिएकाले उचित स्थानको पहिचान गरी जडान प्रक्रियालाई चाँडो अगाडि बढाइने जनाएको छ    
    
जिपिएस र जिआइएस प्रणालीको नगर प्रोफाइलअन्तर्गत वडा र नगरपालिकाको प्रविधिमैत्री सेवा लिन यो निःशुल्क वाइफाइ सुविधाले मद्दत पुग्ने नगरपालिकाले विश्वास लिएको छ ।    


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend