Logo
  • २०८३, असोज २८गते
  • Oct 14 2026
images

     ‘सव-टाइटल ट्यालेन्ट ड्रेसेज फोटोजेनिक पुरस्कार’ फलेंसालाई   


सूचना कुण्ड
     ‘सव-टाइटल ट्यालेन्ट ड्रेसेज फोटोजेनिक पुरस्कार’ फलेंसालाई   


काठमाडौँ, असार ११:  यस वर्षको ‘सव-टाइटल ट्यालेन्ट ड्रेसेज फोटोजेनिक पुरस्कार’ फलेंसा रघुवंशीलाई प्रदान गरिएको छ । बालबालिकाको प्रतिभा प्रदर्शन गर्ने उद्देश्यले आयोजना गरिएको मिस्टर एण्ड मिसेस जुनियर र सिनियर आइडल-२०२४ मा उहाँलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।    
    
 स्पार्क इन्टरटेन्टमेन्टले आयोजना गरेको उक्त प्रतियोगितामा ३१ जना बालबालिकाको सहभागिता थियो । बाह्र वर्षे फलेंसा रघुवंशीले ट्यालेन्ट राउन्डमा भरतनाट्य नृत्य अन्तर्गत पुष्पांजलि र महिषासुर मर्दिनीको उत्कृष्ट प्रस्तुती गर्नुभएकाले पुरस्कृत गरिएको हो ।    
    
 फलेंसाले क्लासिक कल्चर सेन्टरमा विगत पाँच वर्षेदेखि स्वजन रघुवंशी र प्रमिला श्रेष्ठसँग भरत नाट्यमा लोक तथा चर्या नृत्य सिक्नुभएको थियो । कक्षा ८ मा अध्यनरत फलेंसाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न मञ्चमा समेत नृत्य प्रस्तुत गर्दै आउनुभएको छ ।    


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend