Logo
  • २०८३, असोज २८गते
  • Oct 14 2026
images

कुमारीको मनोभावमा आधारित नाटक ‘अग्निच्क्षु’ मञ्चित  


सूचना कुण्ड
कुमारीको मनोभावमा आधारित नाटक ‘अग्निच्क्षु’ मञ्चित  

  

काठमाडाँै, जेठ ३१ :  कुमारीलाई जीवित देवीको मान्यता दिइन्छ । निश्चित समय मन्दिरमा बसेपछि उहाँहरु सामान्य जीवनमा फर्कनुहुन्छ । यिनै कुमारीको मनोभाव समेटिएको नाटक ‘अग्निच्क्षु’ बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा दुई सातादेखि मञ्चन भइरहेको छ ।    
    
 नाटकको लेखन चन्द्रप्रसाद पाण्डेयले गर्नुभएको छ भने निर्देशन एवं परिकल्पना झकेन विसीको रहेको छ । बाल्यकालदेखि देविकैरुपमा पुजिँदै आएकी कुमारी किशोर अवस्थामा आएपछि सामान्य जीवत बिताउनुपर्दाको क्षण कस्तो हुन्छ होला ? कुमारीपछिको सङ्घर्षपूर्ण जीवन नाटकमार्फत प्रस्तुत गरिएको छ ।    
    
 नाटकमा कुमारी इतिहाससँगै उनीहरुले भोग्नुपरेको सामाजिक सङ्घर्ष उजागर गर्न खोजिएको छ । बाल्यकालदेखि किशोरी अवस्थामा आउँदा मनोवैज्ञानिकरुपमा के–कस्ता असर पर्छन् ? यिनै भावलाई कलाकारले अभियनमा उतारेको कलाकार सङ्गीता उराँवले बताउनुभयो ।     
    
 “एउटी युवतीले समाजमा थुप्रै भूमिका निर्वाह गर्नुपर्ने अवस्था यो नाटकका माध्यमबाट देखाउन खोजिएको छ”, उहाँले भन्नुभयो, “छोरीलाई देवी नै बनाए पनि विभिन्न हिंसाजन्य गतिविधिबाट पीडित हुँदै आएकी छन् । यसलाई चिर्न सङ्घर्ष गरिरहेको अवस्था पनि नाटकले देखाउन खोजेको अर्को महत्वपूर्ण पाटो हो ।”    
    
 नाटकका लेखक चन्द्र पाण्डेले काठमाडौँमा बाहिरबाट आएका मान्छेले कुमारीको इतिहास र पृष्ठभूमिबारे खासै थाहा नपाएको बताउनुभयो । संस्कार संस्कृति र इतिहास नाटकमार्फत देखाउने इच्छा गर्दै जाँदा उहाँले कुमारीबारेमा अध्ययन गर्नुभयो ।    
    
 इतिहास खोतल्दा कुमारी एउटी शक्तिशाली, समर्पित र ऊर्जावान देवीको प्रतीक पाएको उहाँले बताउनुभयो । यतिधेरै पौराणिक इतिहास बोकेको कुमारी संस्कृतिलाई नाटकमार्फत देखाउन उहाँले लेखन थाल्नुभएको हो । “कुमारी संस्कृति युवा पुस्तामा बुझ्न र बुझाउन जरुरी छ”, उहाँले भन्नुभयो, “यस विषयमा नाटक लेख्दै गर्दा आधुनिक युवतीले कुमारी सङ्केत गर्दै भाग्नुपरेको वेदना पनि समेटेको छु ।”    
    
 नाटकमा कलाकार मञ्जु श्रेष्ठ, सङ्गीता उराँव, हेना नगरकोटी, कृष्णभक्त महर्जन, सविन कट्टेल, श्रीशेष श्रेष्ठ, धीरज थापामगर, शान्ता प्रजापति, राजेन्द्र डङ्गोल, एअरिका चौलागार्इं(बालकलाकार)ले अभिनय गर्नुभएको छन् । अनुप तिमिल्सिनाले सङ्गीत परिकल्पना तथा संयोजन गर्नुभएको छ भने पूजा विश्वकर्मा, इन्द्रमान महर्जन, प्रतीक प्रजापति, ब्रोसिन ब्रोज महर्जनले नाटकमा प्रत्यक्ष सङ्गीत दिनुभएको छ ।    
    
 नाटकको नेपथ्यमा झकेन विसी, मञ्च निर्माणमा निराजन डोटेल र हिमाल भुजेल, सञ्चार संयोजकमा किरण पराजुली, निर्माण नियन्त्रणमा सरस्वती न्यौपाने, पोस्टरमा राजन काफेले, कोरियोग्राफीमा जेडी तमु, वेषभूषामा अग्निचक्षु समूह, बजार व्यवस्थापनमा चक्रप्रसाद पोखरेल, प्रकाश परिचालन एवं मञ्च प्रबन्धमा हिमाल भुजेलले गर्नुभएको छ । नाटक शुक्रबारसम्म मञ्चन हुने जनाइएको छ ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend